You are viewing the translated version of प्राधिकरणको अध्यक्षको काम, कर्तव्य र अधिकारः.

Section 103I
प्राधिकरणको अध्यक्षको काम, कर्तव्य र अधिकारः
प्राधिकरणको अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:-

(क) प्राधिकरणको बैठकको अध्यक्षता गर्ने,

(ख) प्राधिकरणको प्रशासकीय प्रमुखको रूपमा कार्य गर्ने,

(ग) प्राधिकरणको समग्र काम कारबाहीको अनुगमन, सुपरीवेक्षण तथा; मूल्याङ्कन गरी सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिने,

(घ) तोकिए बमोजिमको अन्य कार्य

गर्ने।